दफा ४२
आयोगको बैठक
(१) आयोगको बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ।

(२) आयोगको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(३) आयोगको बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना अध्यक्षको निर्देशनमा आयोगको सचिवले कम्तीमा अठ्चालीस घण्टा अगावै आयोगका सदस्यलाई जानकारी गराउनु पर्नेछ।

तर छलफलको विषय वा प्रकृतिको गम्भीरताको आधारमा अध्यक्षले तत्काल बैठक बोलाउन यस प्रावधानले बाधा पुस्याएको मानिने छैन।

(४) आयोगको बैठकमा. छलफल हुने विषयको सूचीमा नपरेको बिषयमा पनि: बैठकमा उपस्थित सदस्यहरू छलफल गर्न सहमत भएमा आवश्यकता अनुसार बैठकमा छलफल तथा निर्णय गर्न संकिनेछ।

(५) उपनियम/(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगका दुईजना सदस्यले आयोगको बैठक बस्न आवश्यक छ भनी अध्यक्ष समक्ष लिखित रुपमा अनुरोध गरेमा अध्यक्षले पन्ध्र दिन भित्र आयोगको बैठक बोलाउनु पर्नेछ।

(५) आयोगको अध्यक्ष र एक जना सदस्य उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।

(६) कुनै कारणबस आयोगको अध्यक्षले काम गर्न नमिल्ने अवस्था सिर्जना भएमा मन्त्रालयले कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीलाई आयोगको अध्यक्षको कामकाज गर्ने गरी खटाउन सक्नेछ।

(७) आयोगको बैठकमा अध्यक्ष सहितको बहुमतको राय मान्य हुनेछ।

(८) बैठकको निर्णयमा अध्यक्षता गर्ने व्यक्ति र उपस्थित सदस्यले हस्ताक्षर गर्नु पर्नेछ।

(९) आयोगले आवश्यक देखेमा नेपाल सरकारको कुनै निकायको प्रतिनिधि वा कुनै विशेषज्ञलाई आयोगको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।